सेना दिवसमा जुम्लाका दुई व्यक्ति सम्मानित
शनिबार, ०६ फागुन २०७९, १९ : २५

जुम्ला । नेपाली सेना दिवसको अवसरमा जुम्लाका दुई जना व्यक्तित्व सम्मानित भएका छन् । सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो। सैनिक मञ्च टुँडिखेलमा
सैनिक दिवसको अवसरमा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र जुम्लाका विष्णुबहादुर बुढ्थापा सम्मानित भएका हुन । शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजिक समारोहमा उनीहरु सम्मानित भएका हुन् । महतले
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन ०७९ स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गरेको भन्दै सेनाले सम्मान गरेको हो । त्यस्तै समाजसेवी बुढ्थापालाई नेपाली सेनाका विभिन्न गतिविधिहरुमा अमुल्य योगदान दिई सेनाको छवि उच्च राख्न सहयोग गरेको भन्दै सम्मान गरिएको हो । यस्तै मुगुका प्रहरी नायव उपरीक्षकलाई पनि सम्मान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु