अधिकृतलाई लिखित जवाफ पेस गर्न सूचना आयोगको आदेश

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई सूचना लुकाएको भनि लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । सप्तरीका पत्रकार विद्यानन्द रामले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको माघ २३ गते बसेको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
पत्रकार रामले गाउँपालिकाबाट आर्थिक वर्ष २०७८ जेठदेखि हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण, आर्थिक वर्ष ०७८/०७९ मा खरिद गरिएको औषधिको परिमाण, प्रक्रिया र रकमसहितको विवरण, सोही आर्थिक वर्षमा गाउँपालिकाबाट भएको सडक मर्मत, माटोग्राभेल र सडक ढलानमा खर्च भएको योजनाअनुसारको विवरण र प्रगति माग गरी सूचना दर्ता गराएका थिए।
यसैगरी आर्थिक वर्ष ०७९/०८० मा छुट्याइएका योजनाहरुको विवरण तथा यसअघिका जनप्रतिनिधिको बेला भुक्तानी बाँकी रही पछि भुक्तानी दिइएका योजना र आर्थिक तथा भौतिक प्रगतिसहितको विवरण माग पनि रामले माग गरेका थिए । गत मंसिर २७ गते गाउँपालिकाका सूचना अधिकारी अरुणकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै रामले गत पुस २८ गते प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवसँग सूचना मागेका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार रामले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए ।
आयोगमा माघ १७ गते पुनरावेदन दर्ता भएको थियो भने ६३९/०७९/८० नम्वरको मुद्दामा निर्णय हुँदै प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री