त्रिशालाले विवाहको तस्बिर सेयर गर्दै भनिन्, ‘शिव र पार्वती झैँ सधैँ साथ दिनेछु हरेक प्रहर’
शनिबार, ०६ फागुन २०७९, ११ : ५८

गायिका तथा डाक्टर त्रिशाला गुरुङले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको तस्बिर सेयर गरेकी छिन् ।
शिव रात्रिको दिनमा तस्बिर सेयर गरेको भएर होला उनले फोटोको क्याप्सनमा शिव र पार्वतीबीचको मायालाई उल्लेख गरेकी छिन् ।
त्रिशालाले चार वटा तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘शिव र पार्वती झैँ सधैँ साथ दिनेछु हरेक प्रहरलाई ।’
उनको विवाहको तस्बिरमा धेरैले बधाई दिइरहेका छन् ।
त्रिशालाले फागुन ४ गते आफ्ना प्रेमी सङ्गीतकार रोहित शाक्यसँग विवाह गरेकी हुन् ।
दुईबीचको प्रेमबारे गाइँगुइँ हल्ला भए पनि उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै स्वीकार गरेनन् । त्रिशालाले मिडियामा आफ्नो प्रेमबारे हल्ला चलेपछि घरमा गालीसमेत खाएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत