सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

सडक जिर्ण हुँदा गोरूसिंगे–सन्धिखर्क सडकका यात्रुलाई सास्ती

शनिबार, ०६ फागुन २०७९, ११ : ३४
शनिबार, ०६ फागुन २०७९

कपिलवस्तु । कपिलवस्तुको गोरूसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने सडक जिर्ण हुँदा यात्रुहरुले सास्ती भोगेका छन् । सडक साँघुरो पनि भएकाले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ३९ वर्षअघि बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा यात्रुलाई सास्ती भएको हो । अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक ३९ वर्ष अगाडि बनेको हो । साघुँरा घुम्ती छिचल्नुपर्ने हुँदा यात्रुहरुलाई सास्ती छ । फराकिलो सडक नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै विभिन्न समयमा स्थानीयवासीन्दाले आवाज उठाउँदा समेत सम्बन्धित निकायले चासो दिएका छैनन् । 

पर्याप्त स्रोत र साधनको अभावमा स्थानीय औजार परिचालन गरी खनेको यो सडकको अहिलेसम्म कसैले स्तरोन्नतिमा ध्यान दिएका छैनन् । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पटक–पटक मन्त्री बनेका नेता टोपबहादुर रायमाझीसँग यो सडकको बारेमा बारम्बार अवतगत गराए पनि अझैसम्म सुनुवाई नभएको स्थानीयको गुनासो छ । गायक पशुपति शर्मा आफूहरु धेरै जिल्लामा कार्यक्रम गर्न गएको तर यति जोखिमपूर्ण सडकको यात्रा नगरेको बताउँछन् ।

साँघुरा सडकका कारण बेलाबेलामा सवारी दुर्घटना हुने गरेका छन् । सडक दुर्घटनापछि मात्र सडकको स्तरोन्नतिको सम्बन्धमा चर्चा हुने गरेको स्थानीय हिमाल भुसालको भनाइ छ । ६८ किलोमिटर लामो सडकको स्तरोन्नतिको काम विभिन्न चरणमा चलिरहेको र अबको करिब ३ वर्षभित्रमा साघुँरा घुम्ती र फराकिलो सडक बनाउने योजनाका साथ आफूहरु लागिपरेको प्रतिनिधि सभाका सदस्य रायमाझीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप