कविता
गीत : प्रकृति
शनिबार, ०६ फागुन २०७९, ०९ : २५
कसरी बखान गरूँ म यो प्रकृतिको, हेर्दै विचित्र लाग्छ
कहीँ निलो समुन्द्र त कहीँ सेतो हिमाल विचित्र लाग्छ ।
फुलेका छन् रङ्गीचङ्गी फूलहरू यहाँ, वनजङ्गल विचित्र लाग्छ
कहिले त्यो विशाल आकाश त, कहिले यो धर्ती विचित्र लाग्छ ।
चराहरूको त्यो चिरविर चिरविर, आवाज विचित्र लाग्छ
कतै कमिलाको त कतै हात्तीको आकार विचित्र लाग्छ ।
मानिस छन् गोरा, काला यहाँ, सबको रङ्ग विचित्र लाग्छ
हाड, मासु अनि रगत भरिएको यो शरीर विचित्र लाग्छ ।
कहिले घाम, पानी त कहिले जाडो, मौसम विचित्र लाग्छ
मानिस जन्मिने हुर्किने अनि मर्ने जीवन नै विचित्र लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ