कस्तो छ भारतमा उपचाररत चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?
शनिबार, ०६ फागुन २०७९, ०८ : ३४
काठमाडौँ । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको छ ।
कांग्रेस युवा नेता योगराज कँडेलले दिएको जानकारीअनुसार आज बिहान चिकित्सकहरूले भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको र त्यसले हृदयमा असर नपर्ने जानकारी दिएको बताए । भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो ।
'पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तीमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,' कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'अहिले बिहान ६:३० बजे डा. घनन्जयसंग कुरा गर्दा अहिले सबै पारामिटर नर्मल रहेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय मामिलाले काट्यो काठमाडौँ महानगरपालिकालाई पत्र
-
यस्तो छ फिल्म ‘११ः५५’ को ट्रेलर
-
आर्थिक कार्यविधि अध्यादेश संविधानको धारा ११२ विपरीत : डा.बेदुराम भुसाल
-
संसद्मा ‘लाल सलाम’ र ‘जय नेपाल’ शब्द प्रयोग नगर्न आग्रह
-
राष्ट्रियसभा बैठकमा सांसदहरू : एमसीसी र यूएसएआईडी रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ
-
बाँकेमा डढेलो नियन्त्रणका लागि गरियो पूर्वतयारी