चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन् ।
महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताए । यसमध्ये हिन्दू धर्मावलम्बीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्री एक महत्वपूर्ण र पवित्र पर्व भएको उहाँले उल्लेख गरेका छन् ।
सभापति देउवाले यी चाड–पर्वहरुले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताउँदै महाशिवरात्रीको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा