डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा

भक्तपुर । केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज यसबारेमा जानकारी दिँदै शिवरात्रीको तयारी पूरा भएको र भोलि सहज रुपमा भक्तजनलाई दर्शनको व्यबस्था गरिएको जानकारी दिएको छ ।
समितिका महासचिव हरिशरण बस्नेतले शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि बिहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरी गर्भ गृहमा प्रवेश गरी पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको जानकारी दिए । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको छ भने मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको उनले जानकारी दिए ।
पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको र मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यबस्था गरेको छ ।
शिवरात्रीका लागि यसवर्ष ३५० जना साधुसन्त एवं बाबाहरु आएका महासचिव बस्नेतले जानकारी दिँदै डोलेश्वरमा दर्शनका लागि एक लाख भन्दा बढी बढी दर्शनार्थी आउने अनुमान गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)