मुलुकको समस्या सबै दल मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन
झापा । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । आज मेचीनगरको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको नवौं पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रममा उनले देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले राजनीतिक दलहरुले मिलेर यो समस्याको सामना गर्नुको विकल्प नभएको बताए ।
उपप्रधानमन्त्री लिङ्देनले कुनै पनि राजनीतिक दललाई मात्र जनताले विश्वास गरेर मत नदिएको बताउँदै भने, “हामीलाई मिलेर काम गर्ने जनताले जनादेश दिएका छन् । एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन ।”
उनले सरकारमा बैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताए । उपप्रधानमन्त्री लिङ्देनले भने, “विकासलाई तीव्रता, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त र दुरुस्त बनाएर मुलुकलाई अप्ठ्यारोबाट सहज बनाउन प्रयत्नरत छौँ ।”
उनले नेपालका ठूला विद्युत् परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामबारे केही दिनभित्रैमा सार्वजनिक गर्ने बताए । उनले प्राधिकरणको सेयर अब नेपाली जनतालाई नै दिने र सकेसम्म विदेशी भूमिमा रहेका युवालाई समेटेर प्राधिकरणको मालिक बनाउने योजना अघि सारिएको बताए ।
उनले अब नेपाली जनताले विद्युत्को खपत बढाउनुपर्ने बताउँदै भने, “आपत्कालीन अवस्थाबाहेक एलपी ग्यासमा होइन, विद्युतीय चुलोको प्रयोग गरेर खाना पकाउनुपर्छ । यसो गरेमा आधा खर्च घट्छ ।” उनले स्थानीय पालिकाले जनताले चलाएका उद्योगधन्दामा प्रोत्साहन गरेमा ट्रान्समिटर र तार जडानमा प्राधिकरणले सहयोग गर्नेसमेत जानकारी गराए ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं १ का अध्यक्ष टीका ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले उद्योगी व्यवसायीका समस्या सडकमा आन्दोलन नगरी र टायर नबाली सुनुवाइ नहुने गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती