अनेरास्ववियुको सचिवमा पहिलो पटक चिकित्सक निर्वाचित

काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिवमा पहिलो पटक चिकित्सक निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनबाट केन्द्रीय सचिवमा पहिलो पटक मेडिकल डाक्टर सुजन कडरिया निर्वाचित भएका हुन् ।
सचिवका लागि प्रतिस्पर्धामा रहेका ४८ जनामध्ये सर्वाधिक मत ल्याएर उनी सचिवमा निर्वाचित भएका हुन् । रामेछापका स्थायी बासिन्दा डा। कडरियाले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स (केयूएसएमएस) बाट डाक्टरी डिग्री प्राप्त गरेका छन् ।
क्याम्पसकालबाटै विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी लामो समयदेखि अनेरास्ववियुमा आबद्ध छन् । विद्यार्थीका हकहितका लागि आवाज उठाउँदै आएका उनले आफूले अनेरास्ववियुमा थप जिम्मेवारी सुम्पिदिएको बताए ।
पढेलेखेका मानिसहरु आफ्नो पेशामै व्यस्त हुने र राजनीति गर्नेले काम गर्न सकेनन् भनेर विरोध गरिरहने परिपार्टीबारे उनी जानकार छन् । जसले गर्दा उनी त्यो परिवर्तन गरेर आफैं परिवर्तनको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढेका छन् ।
अबको यात्रामा देश र सिंगो स्वास्थ्य क्षेत्रको सुधारका लागि लाग्ने उनको प्रतिबद्धता छ । त्यस्तै अनेरास्ववियुको केन्द्रीय कमिटीमा डा। राजन ज्ञवाली, डा. असिम घिमिरे, आकृति ढकाल र स्थायी कमिटीमा अनित सिन्हा निर्वाचन भएका छन् ।
उनीहरु चिकित्सा क्षेत्रबाट निर्वाचन भएसँगै यो क्षेत्रमा देखिएका तमाम समस्यामा आवाज उठाउनेमा आफूहरू विश्वस्त रहेको राष्ट्रिय चिकित्सा विद्यार्थी संघका अध्यक्ष पुष्पराज भामले बताए ।
उनीहरु निर्वाचित भएपछि चिकित्सकहरु पनि आफ्नो पेशासँगै राजनीति पनि गर्न सक्छन भन्ने सन्देश दिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
बलि दिन गएकाहरूको कार दुर्घटनाः चार जनाको मृत्यु, बोको बाँच्यो