सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

राष्ट्रपतिमा समय आएपछि निर्णय हुन्छ : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, ०५ फागुन २०७९, १८ : ०९
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा निर्णय हुने बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेपछि सञ्चारकर्मीसँग छोटो प्रक्रिया दिँदै प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा जानकारी हुने बताए । 

राष्ट्रपतिको निर्वाचन आउन समय अझै बाँकी भएकाले समय आएपछि एउटा बिन्दुमा पुगिने प्रचण्डले बताए । आफूहरू सात दलीय गठबन्धनमै भएकाले राष्ट्रपतिको विषयमा निर्णय नभएको बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप