राष्ट्रपति चयन पार्टी कार्यकर्ताभन्दा बाहिरबाट हुनसक्छ : जनार्दन शर्मा
_tMt1c6fMBJ.jpg)
विराटनगर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले राष्ट्रपति चयन पार्टी कार्यकर्ताभन्दा बाहिरबाट हुनसक्ने सङ्केत गरेका छन् । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा आज सम्पन्न पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएको बैठकमा सहभागी नेताहरूले जनाएका छन् । ‘मूलतः तीन वटा मान्यता पुरा गर्ने व्यक्तित्वलाई राष्ट्रपति मान्ने हाम्रो पार्टीको निर्णय हो,’ सम्बोधनका क्रममा उनले भने, ‘त्यो भनेको संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र संसद्को पाँचै वर्ष स्थिरता रहन प्रतिबद्ध व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्यो ।’
उनले पूर्व राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारी जस्तो व्यक्तित्व राष्ट्रपतिको उम्मेदवार हुन नसक्ने पनि बताएका छन् । रामवरण यादवले तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको निर्णयमा हस्तक्षेप गरेको र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता भएको शर्माको आरोप थियो । जसका कारण संविधानको सही कार्यान्वयन हुन नसकेको र संसद्लाई अस्थिर बनाउने कोसिस भएको उनको जिकिर थियो ।
‘राष्ट्रपति भनेको संविधान मान्ने बनाउन खोजेका छौँ । त्यसको अर्थ कुनै पनि पार्टीको नेतालाई बनाउँदैनौ भन्ने हो,’ शर्माले बैठकमा भनेका थिए । त्यस विषयमा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि औपचारिक प्रस्ताव गरिसकेको उनले बताए । शर्माले राष्ट्रपति निर्वाचनले परिस्थिति कता जान्छ भन्न नसकिने पनि बताएका थिए ।
सम्बोधनका क्रममा शर्माले माओवादी अब पुरानै तरिकाले अगाडि बढ्न नसक्ने पनि बताएका थिए । ‘पुरानै तौर तरिकाबाट नचल्ने देखियो । आगामी ४ वर्ष घुँडा धसेर काम गर्नु आवश्यक छ,’ शर्माले भनेका थिए । शर्माले घुमाउरो पाराले पार्टी अध्यक्ष प्रचण्डको विकल्प खोज्नुपर्ने आशय पनि व्यक्त गरेका थिए । ‘युद्ध र शान्तिको नेतृत्व प्रचण्डले गर्नुभयो । अबको नेतृत्व गर्न अरू पुस्ता अगाडि आउनुपर्छ भन्ने आशयको कुरा गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने । उनले पार्टी बन्नका लागि मुहानदेखि तलसम्मै सफा हुनुपर्नेमा जोड दिएका थिए ।
माओवादी केन्द्रको प्रदेश १ समितिको पूर्ण बैठक सकिएको छ । बैठकले गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिने अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिएका छन् । विराटनगरको होटेल मनास्लुमा बसेको बैठकमा ६५ जना प्रदेश सदस्यले रिपोर्टिङ तथा समसामयिक विषयमा आफ्ना कुरा राखेका थिए । बैठकमा पार्टीले गरेको काम कारबाहीको समीक्षा, पार्टीको कमी कमजोरी तथा आलोचना र नेताको कार्यशैलीलाई लिएर तीव्र आलोचना भएको थियो । माओवादी प्रदेश समिति ३ सय ३१ जनाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा
-
अतिरिक्त भन्सार महसुलबारे अमेरिकाले चीनलाई के भन्यो ?
-
शिक्षकहरूले आन्दोलन नरोकेपछि के भनिन् शिक्षामन्त्रीले ?
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी