प्रमुख प्रतिपक्षको मान्यताबारे कांग्रेसले लियो कानुन व्यवसायीको राय

काठमाडौँ । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यताबारे कानुन व्यवसायीसँग छलफल गरेको छ । शुक्रबार संसदीय दलको कार्यालयमा कांग्रेस सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले वरिष्ठ कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।
छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, राधेश्याम अधिकारी, खम्मबहादुर खाती, महादेव यादव, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, योगेन्द्र अधिकारी, हरिहर दाहाललगायत थिए ।
उनीहरुले कांग्रेस संघीय संसद्को प्रमुख प्रतिपक्षी दल रहनेमा कुनै विवाद नरहेको बताएका छन् ।
‘कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस नेताहरूलाई सदनभित्र कांग्रेसका लागि प्रमुख प्रतिपक्षीको सिट छुट्टाइदिएको छ । कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको कुनै दुबिधा छैन । त्यसैले सर्वोच्च अदालतमा परेको मुद्दाको डिफेन्स गर्नुपर्छ,’ उनीको भनाइ थियो ।
२०५१ मा एमाले नेतृत्वको अल्पमतको सरकारलाई कांग्रेसले दिएको विश्वासको मत र अहिले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिनुमा कुनै फरक नरहेको कानुन व्यवसायीको राय थियो ।
शम्भु थापाले भने, ‘सरकार बनाउन संख्या पुग्छ, पुग्दैन भन्ने होइन । विश्वासको मत दिएर पनि प्रमुख प्रतिपक्षी रहने नजिक २०५१ सालमै बनिसकेको छ ।’
सर्वोच्च अदालतले फागुन ८ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे फागुन ८ गते दुई पक्षको छलफलपछि सर्वोच्चले निर्णय गर्ने छ । कानुन व्यवसायीसहित कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक सर्वोच्च जाने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
-
भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)