मन्त्रिपरिषद्को निर्णय
संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
शुक्रबार, ०५ फागुन २०७९, २३ : ४१

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई आगामी १० गते बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिनेगरी निर्णय भएको बताइन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको उक्त विधेयक विवादमा तानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा
-
युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड