राजनीति
सांसद चौधरीलाई माफी मिनाहा दिन सरकारले बढायो प्रक्रिया
शुक्रबार, ०५ फागुन २०७९, १६ : ५८

काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ ।
महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद् हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाएको हो ।
कैद तथा माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार चौधरीको हकमा सरकारले प्रक्रिया अघि बढाएको हो ।
स्रोतका अनुसार राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफी मिनाहा गर्दैछ ।
सांसद चौधरीमाथि एमालेका नेता महादेव बजगाईँको ट्याक्टर आगजनीको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । अदालतको आदेशअनुसार चौधरी केही साता अघिमात्रै पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते