नहुने भयो जसपा र एकीकृत समाजवादीबीच एकता
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकता नहुने भएको छ । चुनाव सकिएलगतै दुई पार्टीबीच छलफल सुरु भएपनि एकता नहुने भएको हो । । पछिल्ला दिन एकताका लागि भन्दै दुई पार्टीबीच वार्ता भएपनि हालसम्म त्यसको टुगों लाग्न सकेको छैन दुवै पार्टीले एकताका लागि छलफल गर्न छुट्टा छुट्टै वार्ता समिति पनि बनाएका छन् । दुवै समितिबीच दुई तीन चरण छलफल समेत भइसकेको छ ।
छलफलबाट केही निष्कर्ष ननिस्किएपछि एक अर्काको दस्तावेज अध्ययन गर्ने र प्रतिवेदन तयार गरी त्यसमा छलफल गर्ने भन्दै कार्यदल त्यसैमा अल्मलिएको छ । ‘दस्तावेजको अध्ययनको काम त सकिएको छ, प्रतिवेदन पनि तयार भएको छ । त्यसलाई अन्तिम रुप दिन बाँकी छ,’ वार्ता समितिका सदस्य रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले भने । उनले भने, ‘प्रतिवेदनमाथि छलफल भइरहेको छ, केही दिनमा हामी बुझाउँछौं तर दुई पार्टी बीचमा भने तत्काल एकता हुँदैन, मोर्चासम्म बन्न सक्छ ।’
त्यसबारेमा अहिले छलफल नभएको बताउँदै उनले राष्ट्रपतिको चुनावसम्म एकताको विषयमा केही पनि नहुने बताए । दलका नेताहरु सबै राष्ट्रपति चुनावमा व्यस्त रहेको बताउँदै उनले अहिले दुई पार्टीबीचको एकतातर्फ कसैको ध्यान नभएको बताए । पौडेलले राष्ट्रपतिको चुनावपछि मात्र केही कुरा हुन सक्ने जानकारी दिए । वार्ता समितिका सदस्य रहेका जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीले पनि एकताको काम अगाडि नबढेको बताए ।
शीर्ष नेताहरु व्यस्त भएका कारण एकता प्रकृया अगाडि नबढेको बताउँदै उनले पार्टीको कार्यकारिणी समितिको बैठकमा यो विषयमा छलफल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई