शान्ति समाजको देशव्यापी अभियान सुरु

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज नेपालले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा लगायतका विषयमा केन्द्रीय रही देशव्यापी अभियान सुरु गरेको छ । समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले शुक्रबार एक विज्ञप्ति जारी सो अभियान सुरु गरिएको जानकारी दिएकी हुन् ।
सोही क्रममा गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा : सबैको अधिकार, महिला अधिकार : मानव अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृति लगायतका विषयमा केन्द्रीत रहेर प्रदेश १ का ८ वटा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रम माघ २४ गतेदेखि फागुन १ गतेसम्म आयोजना गरिएका थिए ।
त्यस्तै समाजले दोस्रो र तेस्रो चरणमा ३५ जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताएको छ । यसैगरी माघ २८ गते टर्की र सिरियामा हालै आएको भूकम्पका कारण जीवन गुमाउने हजारौ नागरिकप्रति समाजले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित