युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन इटालीको आग्रह

युक्रेन । युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब दिन आग्रह गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तापछि ताजानीले जारी गरेको वक्तव्यमा भनिएको छ, “शान्तिको दिशामा अघि बढ्न चीनले आधारभूत भूमिका खेल्नुपर्छ ।” “बेइजिङले यस दिशामा प्रतिबद्धता जनाउन तयार छ भन्नेमा म विश्वस्त छु,” उनले भने ।
युरोपेली भ्रमणको अन्त्यमा वाङले रूसको भ्रमण गर्ने कार्यक्रम रहेको छ । वाङसँगको वार्तामा ताजानीले कूटनीति, प्रभावकारी प्रतिबन्ध, मानवीय सहायता र ‘न्यायोचित शान्ति’का लागि वातावरण निर्माण गर्न रूसलाई दबाब दिनुपर्ने आवश्यकतालाई दोहोर्याए ।
याङले बुधबार पेरिसको भ्रमण गर्दा उनी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सन् २०२१ मा चीनमा मुस्लिम उइगर समुदायमाथि दमन भएकोविश भन्दै विरोधमा बेइजिङमाथि प्रतिबन्ध लगाएपछि चीन र युरोपियन युनियनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । जवाफमा चीनले पनि ईयूविरूद्ध केही प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने