लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ ।
लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ । त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ । पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि छलफल भइरहेको छ । शीर्ष नेताको बीचमा सहमति भएपछि त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने विषयमा पनि छलफल हुँदैछ । अध्यक्ष ठाकुरका बारेमा अन्य दलका नेताहरु बीचमा पनि अनौपचारिक छलफल भैरहेको छ । दलहरुका बीचमा सहमति भएमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकिने लोसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक