राष्ट्रपति रबर स्ट्याम्प बनाउनु हुँदैन : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब हुने राष्ट्रपति रबर स्ट्याम्प हुन नहुने अडान राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएर फर्किएपछि प्रतिक्रिया दिँदै अध्यक्ष केसीले सो कुरा बताएका हुन् ।
अध्यक्ष केसीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटिएको ज्ञापन पत्र बुझाएका छन् । केसीले विगतका राष्ट्रपति रबर स्ट्याम्प हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताए । ‘लोकतन्त्र खतरामा पर्यो । धर्मनिरपेक्षता सङ्कटमा पर्याे राजावादी सलबलाउन थाले । संघीयताले मुलुक डुब्न थाल्यो भनेर प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउन गएका थियाै’ केसीले भने, ‘अब राष्ट्रपति बनाउँदा रबर स्ट्याम्प जस्तो बनाउनुहुँदैन । मुलुक जनता सोच्ने खालको नेतालाई बनाउनुपर्छ भनेर आफ्ना कुरा राख्यौँ ।’
प्रधानमन्त्री प्रचण्डले समेत राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा अडिग रहेको बताएका थिए । ‘मैले पनि राष्ट्रपतिमा तपाईँले भने जस्तै गर्न खोजेको हो । सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्न सकेमा राम्रो हुन्छ कि भन्ने लागेको छ । तपाईँको चिन्ता जायज छ यसको सम्बोधन गर्ने प्रयास गर्छु’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक