अनेरास्ववियुमा ५ उपाध्यक्ष र ७ सचिवमा को को भए निर्वाचित ?
शुक्रबार, ०५ फागुन २०७९, ०७ : १६

नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । महाधिवेशनबाट अध्यक्षमा समीक बडाल निर्वाचित भएका छन् भने पाँच जना उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट विजयी भए । कोषाध्यक्षमा संगम अर्याल विजयी हुँदा ७ जना सचिव चयन भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भएका छन् । याँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५१७ मत खसेको थियो । १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ८१.९५ अंकले घट्यो सेयर बजार, यस्तो छ घटबढको प्राविधिक सम्भावना
-
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र
-
विद्युत् नियमन आयोग सदस्यले लिए शपथ
-
मालदिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन पहल, बन्यो समिति
-
निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)
-
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन: राजेन्द्र लिङ्देन