नियमन र अनुगमन नहुँदा दुर्घटना

काठमाडौँ । खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्षा वा सचेतना नहुँदा यस्ता दुर्घटना बढी हुने गर्दछन् ।त्यससँगै ग्यासका सिलिन्डर, रेगुलेटर, पाइप र चुलोको प्रविधि र गुणस्तर दुर्घटना कम गर्न उत्तिकै महìवका हुन्छन् । आवश्यक मापदण्ड पूरा नगरी अति प्रज्वलनशील ग्यास सिलिन्डर बजार पठाउने र यसको प्रयोगबारे उपभोक्तालाई पर्याप्त जानकारी नहुँदा दुर्घटना भई जनधनको क्षति हुने गरेको हो ।
मापदण्डविपरीतका कुच्चिएका सिलिन्डर, कमसल रेगुलेटर र पाइपको प्रयोग, नियमन गर्ने निकायको प्रभावकारी नियमन र गुणस्तर परीक्षणमा कमजोरी रहँदा दुर्घटना हुने गरेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन सरकारकै कमजोरीका कारण ग्यास दुर्घटना बढ्दै गएको बताउछन् । उनी भन्छन्, “उद्योगीले मापदण्ड पूरा गरेर सिलिन्डर बजारमा पठाएका छन् कि छैनन् र गुणस्तरयुक्त पाइप, रेगुलेटर बजारमा बिक्री भए कि भएन भन्ने अनुगमन नै छैन ।”
गुणस्तरहीन सामान प्रयोगले लिकेज भएर पनि दुर्घटना हुने गरेकोमा उपभोगबारे जनचेतना कार्यक्रम गर्नुका साथै गुणस्तरहीन कमसल रेगुरेटर पाइपलगायतका सामान आयातमा प्रतिबन्ध लगाउनुपर्ने उनको सुझाव छ ।
विशेष गरी ग्यास भल्ब, पिँध, रेगुलेटर, चुलोबाट बढी लिक हुने गर्छ । बोटलिङ प्लान्टबाट भरिएका सिलिन्डर गाडीमा राख्दा, ठोक्किएर, गुडाउँदा कुुच्चिएर लिक हुने हुन्छ । नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐ ३०३७ अनुसार मापदण्डबमोजिम ग्यास उद्योगीले सिलिन्डरको अनिवार्य हाइड्रोलिक परीक्षण गर्नुपर्छ । ग्यास भर्ने बेलामा, नयाँ सिलिन्डर बजारमा पठाएपछि प्रत्येक १०÷१० वर्षमा, त्यसपछि पाँच÷पाँच वर्षमा र त्यसपछि तीन वर्षमा हाइड्रोलिक परीक्षण गर्नुुपर्छ तर व्यवसायीले अनिवार्य रूपमा हाइड्रोलिक परीक्षण नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी महर्जनको भनाइ छ । बजारमा र उपभोक्ताका भान्सामा धेरै पुराना परीक्षण नगरिएका सिलिन्डर पठाइन्छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुशप्रसाद मल्लीले भने गुणस्तरको मापदण्ड पूरा गरेर सिलिन्डर बजारमा पठाउने गरेको बताए । उनले सही तरिकाबाट प्रयोग गर्न नजान्दा नै बढी दुर्घटना हुने दाबी गरे । उनले यसबारे स्थानीय तहबाट र पाठ्यक्रममै राखेर जनचेतना फैलाउन आवश्यक रहेको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
-
को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?