३ जना मृत अवस्थामा फेला
बिहीबार, ०४ फागुन २०७९, १४ : ००

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब २० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलालीको चुरे गाउँपालिका-१ आमसेरा बस्ने ४३ वर्षीय भोज बहादुर छेडाल सोही ठाउँ चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्ते गोरखाको पालुङटार नगरपालिका-३ साउने पानीमा सोही ठाउँस्थित बिच्छेमारा बस्ने ६६ वर्षीय कृष्ण बहादुर परियार आफ्नो घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत