निर्यात खुलाउन चीन सरकार सकारात्मक

सिन्धुपाल्चोक । आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भएको छ । तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ ।
तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारीले भने यो प्रारम्भिक छलफल मात्रै भएको बताए ।
बैठकमा चिनियाँ अधिकारीहरूले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसँग सुझाव मागेको प्रजिअ न्यौपानेले बताए । निकासी वस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घर निर्माणाधीन रहेको पनि बैठकमा जानकारी गराइएको उनले बताए ।
बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालमकाउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।
भूकम्पपछि २०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो । तर सोही वर्षको चैत ११ मा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिन जति रोकिएको थियो ।
विसं २०७७ मा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)
-
पक्राउ पर्ने र अनुसन्धानको क्रम जारी छ : गृहमन्त्री लेखक
-
पाँच सार्वजनिक संस्थानको सम्पति सरकारको नाममा ल्याउन उच्च स्तरीय आर्थिक सुधार आयोगको सुझाव
-
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगियो
-
निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण