मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
धनुषा । मधेस प्रदेशमा भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गरिएको छ । मधेस प्रदेशसभाको बिहीबारको बैठकले गत आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाको भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरेको हो ।
अर्थमन्त्री सञ्जयकुमार यादवले अघिल्लो आर्थिक वर्षमा भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिनका लागि उपसभामुख बबिताकुमारी राउतको नेतृत्वमा १८ सदस्यीय उच्चस्तरीय छानबिन संसदीय समिति गठनको प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए । सभामुख रामचन्द्र मण्डलले अर्थमन्त्रीबाट प्रस्तुत प्रस्ताव प्रदेशसभा बैठकबाट सर्वसम्मत पारित भएको घोषणा गरे ।
उच्चस्तरीय संसदीय समितिमा प्रदेशसभा सदस्य कनिष पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार गुप्ता, मो समिर, हरिनारायण महतो, चन्दनकुमार सिंह, शम्भुकुमार साह, जयलुन राइन, रानीकुमारी तिवारी, उर्मिलादेवी सिंह, कञ्चन विच्छा, विमला अन्सारी, अनिरुद्रकुमार सिंह र प्रमोदकुमार जयसवाल रहेका छन् । समितिको कार्यावधि कार्यप्रारम्भ भएको मितिले ३० दिनको हुनेछ ।
समिति गठनको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री यादवले भुक्तानी गर्न बाँकी रहेका योजनाको स्थलगत निरीक्षण तथा नापजाँच, सरोकारवाला निकायसँग कागजात माग्ने, सरकारी पदाधिकारीसँग बयान लिनेलगायतको काम गरी भुक्तानीका लागि सहजीकरण गर्ने जानकारी दिएका थिए ।
प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्ष २०७८/०७९ मा उपभोक्ता समिति तथा बोलपत्रमार्फत गरेका मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमलगायत योजनाको रु एक अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उपभोक्ता समिति र निर्माण व्यवसायीले भुक्तानीका लागि पटक–पटक माग गर्दै आएका छन् भने यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले यही समस्या समाधानका लागि एक छानबिन समितिसमेत गठन गरेको छ । प्रदेशसभाको अर्को बैठक सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री