बैंकविरुद्ध व्यवसायीले सडक आन्दोलन गर्ने
_4BqFze1F9r.jpg)
काठमाडौँ । बैंकविरुद्ध उद्योग, व्यवसायीहरुले सडक आन्दोलन चर्काउने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुले शुक्रबार बैंकविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् । राष्ट्रिय व्यवसायी महासंघले बिहीबार एक सूचना जारी गर्दै माघ ५ गते शुक्रबार माइतिघर मण्डलामा विशाल र्याली सहित बैंकको ज्यादतीविरुद्ध आन्दोलन गर्ने जनाएको छ ।
पछिल्लो समय बैंकहरुले आफु खुशी मनलाग्दी ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पारेको त व्यवसायीलाई कालो सूचिमा राखेर मानमर्दन गरेको व्यवसायीहरुको आरोप छ । सोही विरुद्ध व्यवसायीहरुले भोलि शुक्रबार जुध्य सालिक न्यूरोड, नयाँ वानेश्वर, अनामनगर हनुमानथान तीन तिरबाट विरुद्ध ¥याली निकाल्दै माइतीघर मण्डलामा गएर कोणसभा गर्ने जनाएको छ ।