शाहरुख खानको फिल्म ‘पठान’ ले गर्यो ऐतिहासिक कमाई
बिहीबार, ०४ फागुन २०७९, १६ : ५९

शाहरुख खानको फिल्म ‘पठान’ ले गर्यो ऐतिहासिक कमाई गरेको छ । फिल्म ‘पठान’ ले लगातार नयाँ रेकर्ड स्थापित गरिरहेको छ । यशराज फिल्म्सका अनुसार ‘पठान’ ले अहिलेसम्म विश्वभर ९७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।
फिल्मले भारतमा करिब ६०५ करोड भारु र भारत बाहिर ३६५ करोड भारु कमाएको छ । यशराज फिल्म्सका अनुसार पठान अहिले हिन्दी सिनेमाको इतिहासमा विश्वभर सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।
शाहरुख खानको फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज भएको थियो । शाहरुख चार वर्षपछि ‘पठान’ बाट पर्दामा फर्किएका छन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त