विवाहित महेश भूपतिको स्वभावमा फिदा भएकी थिइन् लारा दत्ता
बलिउड अभिनेत्री र खेलाडीबीच पुरानो नाता रहेको छ । धेरैजसो उनीहरू बीच अफेयरको खबर पनि आइरहन्छ । थुप्रै खेलाडी र बलिउड नायिका विवाह बन्धनमा बाँधिइसकेका छन् । एक समय बलिउड नायिका तथा पूर्व मिस युनिभर्स लारा दत्ता र टेनिस खेलाडी महेश भूपतिको प्रेमको किस्साको चर्चा पनि चारैतिर थियो र आज यी दुई जीवनसाथी हुन् ।
लाराले सन् २००० मा मिस युनिभर्सको उपाधि जितिसकेकी छिन् । यस्तै महेश ‘ग्रान्ड स्ल्याम टुर्नामेन्ट’ जित्ने पहिलो भारतीय हुन् । यी दुईले अ–आफ्नो निजी र व्यावसायिक जीवनमा लगातार सफलताको शिखर चुमे । आउनुहोस्, उनीहरूको प्रेम कसरी सुरु भयो त, यसबारे जानकारी लिऔँ ।
सामाजिक सञ्जालमा सधैँ सक्रिय रहने बलिउड अभिनेत्री लारा दत्त र महेश भूपतिको पहिलो भेट निकै विशेष रह्यो । यी दुवै बैंगलोरका हुन् । सन् २००० मा मिस युनिभर्स बनेपछि महेश भूपतिले लारा दत्तलाई पहिलो पटक देखेका थिए । तर, मिस युनिभर्स हुनुअघि महेश भूपति विश्व प्रसिद्ध टेनिस खेलाडी बनिसकेका थिए । लारा दत्तलाई पहिलो पटक देखेपछि महेशले उनलाई मन पराउन थालिसकेका थिए ।
त्यसपछि महेश भूपतिको इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीको बिजनेस मिटिङमा दुवैको भेट भएको थियो । जसमा लारा दत्तले महेशको कम्पनीलाई आफ्नो कामको व्यवस्थापन हेर्न भनेकी थिइन् ।
महेश भूपतिले अमेरिकामा क्यान्डल लाइट डिनरमा औँठी लगाएर लारा दत्तलाई प्रपोज गरेका थिए । यो औँठी महेश आफैँले लाराका लागि विशेष डिजाइन गराएका थिए । त्यति बेला महेश युएस ओपन खेल्न न्यु योर्क गएका थिए । मिडियाले सोध्दा दुवैले एक अर्कालाई साथीको रूपमा मात्रै चिनाउँथे । आफ्नो शान्त र हँसिलो स्वभावका लागि परिचित, महेश भूपतिको खेल हेर्न आएकी लारा दत्त उनको साधारण छविमा फिदा भएकी थिइन् ।
तर महेश भूपति विवाहित थिए । उनी मोडल तथा लेखिका श्वेता जयशंकरसँग वैवाहिक सम्बन्धमा थिए । तर उनले २००९ मा श्वेतासँग सम्बन्ध विच्छेद गरे ।
त्यसपछि लारा र महेश भूपतिले सेप्टेम्बर २०१० मा इन्गेजमेन्ट गरे । त्यसपछि अर्को वर्ष १६ फेब्रुअरी २०११ मा दुवैले मुम्बईमा सादा समारोहमा विवाह गरे । विवाहको ६ महिनापछि लाराले आफू गर्भवती भएको घोषणा गरिन् । दुवैको साइरा भूपति नामको सुन्दर छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश