सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो
नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । खाना पकाउने ग्याँस जलन भई घाइते हुनु भएका उनलाई बिहीबार दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्श अनुसार थप उपचारका लागि श्रीएयर लाईन्सको विमानबाट भारत पठाइएको हो । सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको कांग्रेस सांसद दिपक खड्काले जानकारी दिए ।
सोही घटनामा परी गम्भिर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल वर्न सेन्टरमा निधन भएको थियो । यस अघि सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालासहित विभिन्न राजनीतिक दलहरु नेताहरु, पूर्वमन्त्रीहरु, सांसदहरु सोही अस्पताल पुगेका थिए ।
सांसद भण्डारीको करिव ३० प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको सांसद पद निलम्बन
-
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू
-
शेखरको टिप्पणी– सभापतिकै कारण पार्टीमा विचलन छ‚ चुप लागेर बस्न सकिएन
-
लुम्बिनी खेलकुद परिषद्का सदस्यले लिए शपथ
-
युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
-
कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको सुरु नै भएन