कैलारी गाउँपालिकाको हिउँदे अधिवेशनमा ५ विधेयक पेश

धनगढी । संसदीय अभ्यास गर्दै आएको कैलालीको कैलारी गाउँपालिकाले आफ्नो हिउँदे अधिवेशनबाट ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९/२०८० को हिउँदे (विधेयक) गाउँ सभा अधिवेशनको दोस्रो बैठकमा ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बिहीबार बसेको बैठकमा विधेयक समितिका संयोजक विकास चौधरीले विधेयक मस्यौदा पेश गरेका हुन् ।
बैठकमा कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९, सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०७९, न्यायिक समिति सञ्चालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए ।
प्रस्तुत गरिएको विधेयकमाथि दफावार अध्ययन छलफल गरी आगामी फागुन १२ गतेका बस्ने बैठकबाट पास गरिने प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष बमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा