सांसद भण्डारीलाई उपचारका लागि भारत लगिँदै

काठमाडौँ । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिँदै छ । कांंगे्रस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै छ ।
भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहने मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् ।
बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो । ग्यास पड्किएर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने बिहीवार निधन भएको छ । भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । (समाचारमा सांसद भण्डारीलाई उपचारका लागि भारत लगिँदै हुनेपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप