सत्ता गठबन्धन कसैले चाहेर भत्कँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता कसैले गठबन्धन भत्काउन चाहेर पनि नभत्किने बताएका छन् । बिहीबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले कसैले चाहेरमात्रै गठबन्धन नभत्कने बताएका हुन् ।
‘कसैले चाहेर यो गठबन्धन भत्किँदैन । गठबन्धनमा रहेका दलहरु जसले सरकार चलाइरहेका छन् । उनीहरुले नै सही दृष्टिकोण, सही नीति, सही कदम र सही विश्वासको वातावरण गर्नसक्नुपर्छ’, उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उनले त्यस्तो सुदृढ परिस्थिति निर्माण गरेर अघि बढाउन आफुहरुले चाहिरहेको समेत बताए ।
उनले प्रतिगमनको परास्त गर्ने, राष्ट्रियताको रक्षा गर्ने, सम्मृद्धिको लक्ष्य र शान्तिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । रेशम चौधरीबारे पत्रकारले सोधेको प्रश्नमा उनले राजनीतिक हिसाबबाटै समाधान गर्नुपर्छ भन्ने मान्यता रहेपनि कानुनी विषय समेत मिलाएर गरिने भनेर उन्मुक्ती पार्टीलाई पहिल्यै भनेको बताए । ‘तर
हाम्रोमात्रै चाहानाले तत्कालै हुनसक्ने भएन । उहाँहरुसँग वार्ता र संवाद भइरहेको छ’, मन्त्री श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ