अब काठमाडौंमा मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने
बिहीबार, ०४ फागुन २०७९, १३ : २३

काठमाडौँ । खानेपानी मन्त्रालयले सिंहदरबारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहिवार मन्त्रालयले गरेको गुनासो सुनुवाइ ईकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो । एकसाताभित्र सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गरि यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।
उनले भने, ‘अहिले हामीले बिदेशमा जस्तो सेन्सरवाला सार्वजनिक धारा राख्दैँछौ । मेलम्चीको पानी आएपछि त्यसको सदुपयोग गर्दै सुरूमा सिंहदरबारमा आउने सेवाग्राहीका लागि सेन्सर प्रविधिको धारा राख्दैछौँ । त्यसपछि एयरपोर्ट, काठमाडौंका मुख्य ठाउँहरू, बसपार्कमा यस्तो धारा राख्छौं ।’ उनले अब काठमाडौँमा हिँड्दा बोतलको पानी किन्नुपर्ने अवस्था अन्त्य गर्न लागेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा