राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारेका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको बताए ।
हामीले अहिलेको समीकरण बदल्न चाहेको होइन । हाम्रो कारणले त्यस्तो परिस्थिति सृजना गर्नु हुँदैन भन्नेमा स्पष्ट छौँ’ श्रेष्ठले भने, ‘अहिलेको सरकारलाई संसद्मा भएका ९९ प्रतिशतले विश्वासको मत दिए । संसद्मा भएका सबैजसो पार्टीले प्रधानमन्त्रीज्यूलाई समर्थन गरे । यो ऐतिहासिक परिघटना हो ।
त्यस वातावरणले राष्ट्रिय सहमति कायम गर्ने वातावरण बनेको छ ।’ राष्ट्रपतिमा समेत सबै दललाई समेट्न आवश्यकता देखिएको श्रेष्ठले बताए । संसद्मा भएका सत्तापक्ष प्रतिपक्ष सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित रोशीमा सोलारबाट उज्यालो
-
बाला चतुर्दशीको अवसरमा जंगलासहिया पशुपतिमा तीनदिने मेला सुरु
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
पठनपाठनसँगै कुखुरा पालन, सामान्य खर्चको जोहो आफैँ गर्दै विद्यार्थी
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो