कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ । इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौता सँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा रकम पठाउन सकिनेछ ।
साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढी भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।
साथै, अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप रु. ७७ को आकर्षक बोनस समेत पाउने छन् । यस्तै मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु पनि जित्न सकिनेछ ।
सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक दुस्मनीमा बालकको हत्या : टिकटक बनाउन बोलाए, गोली हानेर मारे
-
प्रहरीले दमन गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने नेपाल शिक्षक महासङ्घको निर्णय
-
कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन
-
न्यायाधीश समक्ष मिश्रले भने - एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर सरकारलाई राति निद्रा लाग्छ ?
-
संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
-
मुम्बईको जितमा बुमराहको रेकर्ड