समाचार
ग्यास सिलिन्डर विस्फोटबाट घाइते हरिकला भण्डारीको निधन
बिहीबार, ०४ फागुन २०७९, ११ : ४१

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा.निजिमा ताम्राकारले बताइन् ।
बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
सरकारकाे असल काम देखेर केही समूह आत्तिए - मन्त्री अधिकारी
-
१५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
-
कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- नागरिक सचेत भइसके, अब्बल भएर जिम्मेवारी पूरा गर्नू
-
पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो, तस्बिरहरू
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)