बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

स्कटल्यान्ड : एउटा यस्तो राजीनामा जसले मानिसलाई चकित पार्‍यो

बिहीबार, ०४ फागुन २०७९, ११ : ०२
बिहीबार, ०४ फागुन २०७९

स्कटल्यान्डमा नयाँ फर्स्ट मिनिस्टर (सरकार प्रमुख) को खोजी सुरु भएको छ । निकोला स्टर्जनले राजीनामा दिएपछि यो खोज सुरु भएको हो । निकोला आठ वर्ष भन्दा बढी समयदेखि यो पदमा थिइन् ।

निकोलाको आकस्मिक राजीनामाले धेरैलाई चकित बनाएको थियो । निकोला स्टर्जन स्कटल्यान्डको नयाँ फर्स्ट मिनिस्टरको पदमा कोही नयाँ नआएसम्म  पदमा रहनेछिन्  ।

नयाँ नेतृत्व चयनका लागि नेकपाको राष्ट्रिय कार्यसमितिको बैठक बिहीबार बस्दै छ । निकोला स्टर्जनले भनिन्, ‘मेरो हृदय र दिमागले समय आएको बतायो । यो निर्णय मेरो, मेरो पार्टी र मेरो देशको लागि सही छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप