आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

कस्तो छ आजदेखि आईपीओ खुलेको मोलुङ हाइड्रोको वित्तीय अवस्था ?

बिहीबार, ०४ फागुन २०७९, ११ : २०
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । मोलुङ हाइड्रेपावारले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीमा यही फागुन १० गतेदेखि आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

यस्तो छ कम्पनीको वित्तीय अवस्था
कम्पनीले आफ्ना जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशत सेयर बिक्रीको योजना बनाएको थियो । कूल ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । यसमध्ये, ८ करोड २ लाख ५० हजार कित्ता सेयर स्थानीयलाई बिक्री गरेको थियो । ८ लाख २ हजार ५०० कित्ता सेयर स्थानीयलाई बिक्री गरिसकेको छ । यसमध्ये ओखलढुुंगाको मोलुङ गाउँपालिकाका वासिन्दाका लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका स्थानीयका लागि २.५ प्रतिशत, र सिद्धिचरण नगरपालिकाका बासिन्दा लागि २.५ प्रतिशत सेयर बिक्री गरिसकेको छ ।

यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरु, सामूहिक लगानी कोष र कर्मचारीलाई समेत आईपीओ बिक्री गरिसकेको छ । आजदेखि सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर बिक्री खुलाएको हो । चालू आर्थिक वर्षमा यो कपनीको प्रतिसेयर नेटवर्थ ८५.१७ रुपैयाँ देखाइएको छ । यस्तै, आगामी वर्षमा ९४.३४ रुपैयाँ प्रतिसेयर नेटवर्थ पुुग्ने छ । यस्तै, प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षमा ७.२३ रुपैयाँ र आगामी आर्थिक वर्ष ९.१४ रुपैयाँ पुुग्नेछ ।

यस्तै, सञ्चित नाफा ११ करोड ९ लाख रुपैयाँ रहेको छ । जुन, आगामी आर्थिक वर्ष ४ करोड ५४ लाख रुपैयाँ पुुग्ने बताइएको छ । ७ मेगावाट क्षमताको आयोजना बनाइरहेको कम्पनीको विद्युत उत्पादनको कूल लागत १ अर्ब ४५ करोड रहेको छ । यसबाट लगानी फिर्ता हुने अवधि साढे १९ वर्ष रहेको छ । यस्तै, विद्युत उत्पादन गर्न प्रतिमेगावाट उत्पादन लागत २०.८ करोड रुपैयाँ लागेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप