अखिलको निर्वाचन विद्युतीय मेसिनबाट हुने
बिहीबार, ०४ फागुन २०७९, ११ : २२

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन विद्युतीय मेसिनबाट हुने भएको छ । फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो । यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ ।
बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिएपनि सबै सदस्यहरु नआइसकेकाले अझै केही समय लाग्ने बताइएको छ । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा