पुनः नागरिकता लिने व्यक्तिलाई अंगीकृत नागरिकता मात्र दिनुपर्छ : सांसद महतो
बिहीबार, ०४ फागुन २०७९, ०८ : ३४
![पुनः नागरिकता लिने व्यक्तिलाई अंगीकृत नागरिकता मात्र दिनुपर्छ : सांसद महतो](https://npcdn.ratopati.com/media/news/upendra-mahato-losapa_QzSsHS3p6h.jpg)
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा सोही स्टाटसमा नागरिकता पाउनु देशका सुरक्षाका लागि घातक रहेको बताएका छन् ।
मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले नेपाली नागकिता त्यागेर विदेशी नागरिकता लिने र पुनः नेपाली लिन चाहने व्यक्तिलाई अंगीकृत नागरिकता दिन माग गरे । उनले २०६३ को नागरिकता ऐनमा रहेको यो व्यवस्था विभेदकारी रहेको बताए । सांसद महतोले यो प्रावधान हटाउनुपर्ने माग गरे ।
नेपाली नागरिकले विदेश गएर विदेशी नागरिकता लिन्छन् । त्यहाँ मोज गर्छन् र नेपाल फर्केपछि पुरानै स्टेटसमा पुनः नेपालको वंशज नागरिकता लिन्छन्, उनले भने,‘यो गलत हो । त्यस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल