प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै

इटहरी । प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ । प्रदेशमै पहिलो पटक गर्न लागिएको चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।
बुधवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार सुनसरी सदरमुकाम इनरुवामा फागुनको ७ गतेबाट महोत्सव सुरु हुनेछ । महोत्सव फागुनको १२ गतेसम्म चल्नेछ ।
इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुन लागेको महोत्सवलाई आयोजकले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको रूपमा सञ्चालनमा ल्याउन लागेको छ । चलचित्र महोत्सवमा दुई दर्जन बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।
महोत्सवलाई आयोजकले प्रदेश १ का कलाकारहरूको भावना र सम्मानलाई आत्मसाथ गर्दै दर्शकमाझ नेपाली चलचित्रलाई माया गर्ने परिपार्टीको विकास गर्ने माध्यमका रूपमा अघि बढाउन लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा स्थानीय कला प्रवर्द्धनसँगै विधागत प्रतिष्पर्धा र उत्कृष्ट व्यक्तित्व र कलाकारका रूपमा तारा सम्मान जस्ता कार्यक्रमको आयोजना गरिनेछ ।
महोत्सवमा बेहुली प्रतियोगिता, फेन्सी ड्रेस, नृत्य, निबन्ध, कुस्ती लगायतका प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश