विषयगत शिक्षकको माग गर्दै माध्यमिक विद्यालय बलिरामपुरमा तालाबन्दी

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको माध्यमिक विद्यालय बलिरामपुरमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । बुधबार कक्षा सञ्चालन भइरहेको समयमा विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालयमा पटकपटक विषयगत शिक्षकको माग गर्दा मेयर अजय प्रकाश जैसवाल र वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बेवास्ता गरेकाले विद्यालयमा तालाबन्दी गर्नुपरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रवि किसलले बताए । विद्यालयमा शिक्षकको दरबन्दी पुरा गर्न माग गर्दा अध्यक्षले एक हप्तामा विषयगत शिक्षक ल्याउने बताए पनि नल्याएपछि तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
विद्यालयमा एकजना पनि विषयगत शिक्षक नहुँदा विद्यार्थीहरूको भविष्यसँग खेलबाड भइरहेको अभिभावकहरूको गुनासो छ । विद्यालयमा कक्षा १० मा ३० र ९ कक्षामा ५० जना विद्यार्थीहरू रहेका छन् । विद्यालयमा ९ जना शिक्षक रहेका छन् । तर सामाजिक अध्ययन, जनसंख्या, कम्प्युटर विषय पढाउने शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै