मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अलपत्र चारलेन सडकको निर्माण चाडै सुचारु हुन्छ : मन्त्री शर्मा

बुधबार, ०३ फागुन २०७९, १८ : ४७
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अलपत्र घोराही–तुल्सीपुरको चारलेन सडक निर्माण कार्य छिट्टै सुचारु हुने बताएकी छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा बुधबारबाट घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९ मा बोल्दै मन्त्री शर्माले अलपत्र सडकको समस्या समाधानबारे आफू लागिपरेको जानकारी दिइन् ।

सरकारको प्रवक्तासमेत रहेकी शर्माले भनिन्,‘ अलपत्र चारलेन सडकका बारेमा अर्थ मन्त्रालय र निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनीसँग सम्पर्क भइरहेको छ। छिट्टै समाधानको बाटो निस्कन्छ ।’ ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ’ भन्ने मूल नाराका साथ प्रदर्शनी सुरु भएको छ । 

मन्त्री शर्माले देशको अर्थतन्त्र बलियो बनाउनका लागि र स्थानीय उत्पादनको बजारीकरणका लागि यस्ता प्रदर्शनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । 

कार्यक्रममा संविधानसभा सदस्य एवं प्रदेश सभा सदस्य राजु खनालले कृषि उत्पादनलाई प्राथमिकता दिएर यस्ता प्रदर्शनीले बजारिकणमा सहयोग गर्ने पुर्‍याउने बताए । उनले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन आवश्यक रहेको र स्थानीय कच्चा पदार्थको सदुपयोग गरेर उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदीप मजगैंया, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पेख्रेल, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष नेत्र पाठक, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष भक्त डाँगी लगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप