बैंकहरु लक्षित सिडी रेसियोको नजिक

काठमाडौँ । वाणिज्य बैंकहरु तोकिएको सिडी रेसियो (कर्जा/निक्षेप अनुपात) को नजिक देखिएका छन् ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसअघिको ८५ प्रतिशतको कर्जा/निक्षेप/पुँजी अनुपात (सिडिसी रेसियो) लाई खारेज गर्दै ९० प्रतिशतको सिडी रेसियो तोकेको थियो । सोही व्यवस्था बमोजिम माघ मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सिडी रेसियो ८६.३९ प्रतिशत पुगेको हो ।
यद्यपि, आर्थिक वर्षको शुरुवाती महिना, साउनमा बैंकहरुले यस्तो सिडी रेसियो अधिकतम ८८.०७ प्रतिशत कायम गरेका थिए ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) सम्ममा ८८ प्रतिशतमा झरेको सिडी रेसियो मंसिरमा ८६.४० प्रतिशत र पुस मसान्तमा ८६.१४ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । तथापि, पछिल्लो पटक माघ मसान्तमा पुनः सिडी रेसियो बढेर ८६.३९ प्रतिशत पुगेको संघले जनाएको छ ।
राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा ९० रुपैयाँ कर्जा लगानी गरेर १० रुपैयाँ तरलता व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, पछिल्लो सिडी रेसियोलाई हेर्दा बैंकहरुले एक सय रुपैयाँ निक्षेपमा ८६ रुपैयाँ ३९ पैसा कर्जा लगानी गरेर १३ रुपैयाँ ६१ पैसा तरलता होल्ड गरेको देखिन्छ । यसले पनि पछिल्लो समय बैंकहरुको कर्जा लगानी घटेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ