भारतबाट भित्रिन थाल्यो गहुँ, तीन नाकाबाट नेपाल आउँदै

काठमाडौँ । भारतबाट करिब १० महिनापछि गहुँको आयात सुरु भएको छ । आन्तरिक बजारमा मूल्य बढेको भन्दै भारतले निर्यात प्रतिबन्ध लगाएपछि लामो समयपछि गहुँको आयात सुरु भएको हो ।
नेपाल फ्लोर मिल एसासिएशनका अनुसार पछिल्लो २ दिन यता नेपालमा गहुँको आयात सुरु भएको छ । एसोसिएशनका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार अग्रवालले आयात सुरु भइसकेको जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘उद्योगीहरुले धमाधम गहुँको आयात गर्न थालेका छन् ।’
यद्यपि, कति परिणाम गहुँ भित्रिसक्यो भन्ने जानकारी एसोसिएशनसँग नहुने उनको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुसको पहिलो साता उद्योगहरुलाई ३० हजार मेट्रिक टन गहुँ आयातको अनुमति दिएको थियो ।
सोअनुसार उद्योगीहरुले तीन वटा नाकाबाट गहुँ ल्याउन सुरु गरेका थिए । उद्योगीहरुले जोगबनी, सुनौली र रक्सौल नाकाबाट गहुँ ल्याइरहेका छन् । भारतले नेपाललाई वार्षिक ५० हजार मेट्रिक टन आयातको अनुमति दिएको थियो । यसमध्ये थप २० हजार मेट्रिक टन आयात अनुमति पाइसकेका छैनन् ।
मन्त्रालयले आगामी साता थप २० हजार मेट्रिक टन गहुँको आयात अनुमति दिने विषयमा छलफल अघि बढाउने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त