बैंकर्स संघले पेश गर्यो कर्जा लगानी नबढ्नुका ५ कारण

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी नबढ्नुको कारण खोलेको छ ।
बुधबार संघले आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारसँग छलफल गर्दै कर्जा लगानी नबढ्नुको साख ५ कारण उल्लेख गरेको हो ।
कोभिड–१९ को प्रभावबाट सिर्जित विश्व आर्थिक मन्दी, आन्तरिक तथा बाह्य कारणले मुलुकको अर्थतन्त्रमा प्रभाव पर्दा उत्पादनसँगै उपभोग्य बजार समेत शिथिल हुँदा सोको प्रभाव बैंकको कर्जा लगानीमा समेत परेको संघको भनाइ छ ।
यद्यपि, माघ २९ गतेसम्मको तथ्याङ्क अनुसार २२ वटा वाणिज्य बैंकहरुले ४७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघको भनाइ छ ।
सोमध्ये ११ अर्ब ७५ करोड रुपैयाँ पुनरकर्जामा लगानी गर्दैगर्दा यता कूल कर्जाको १३ प्रतिशत कृषि क्षेत्रमा ६.३ प्रतिशत उर्जाको क्षेत्रमा र ९.५ प्रतिशत साना, लघु तथा घरेलु (एसएमईज्) प्रकृतिका व्यवसायका क्षेत्रमा कर्जा लगानी गरिएको संघले जनाएको छ ।
यस्तो छ कर्जा लगानी बढ्न नसक्नुका कारणहरु
१. बैंकहरुको निक्षेप संकलन अझैं बढ्न नसक्नु
२. कम उपभोग अर्थात् उपभोग्य बजारको शिथिलता
३. वस्तु तथा सेवाको मागमा कमी, उत्पादनमा ह्रास
४. आर्थिक वस्तुस्थिति (आन्तरिक र बाह्य) र
५. निजी क्षेत्र पर्ख र हेरको अवस्था
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन