काठमाडौँ । महाशिवरात्रिलाई विशेष बनाउन पशुपति क्षेत्रलाई चिटिक्क बनाएर सिँगार्ने काम धमाधम भइरहेको छ । यति बेला पाशुपत क्षेत्र परिसरमा रहेका भौतिक संरचनामा रङ्गरोगन एवम् व्यवस्थापनको कार्य ९० प्रतिशतले सकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथमा नेपालका मात्रै नभई विदेशबाट समेत सनातन हिन्दु धर्मावलम्बी आउने हुनाले शिवरात्रिलाई भव्य बनाउन लागिएको कोषको भनाइ छ । कोषले महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन ८ वटा उपसमिति बनाएर कार्य प्रारम्भ गरिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
प्रतिक्रिया