पशुपतिमा भीड व्यवस्थापन गर्न सेनाको सहयोग लिइने, ४ हजार स्वयंसेवक फिल्डमा

काठमाडौँ । फागुन ६ गतेको महाशिवरात्रि पर्वको अवसरमा भीडलाई व्यवस्थापन गर्न ४ हजार जना स्वयंसेवक फिल्डमा खटिने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर नेपाल स्काउट लगायतका करिब ४००० सङ्ख्यामा स्वयंसेवकहरू परिचालन गरिने जानकारी दिएको हो ।
स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि कोर क्षेत्र बाहिर मात्र परिचालित हुने कोषको भनाइ छ ।
महाशिवरात्रि पर्वमा लाखौंको सङ्ख्यामा आउने दर्शनार्थी एवं भक्तजनहरूको सङ्ख्यालाई मध्यनजर राखी मन्दिर दर्शनको व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न विषयगत ८ वटा उपसमिति बनाएर तयारीलाई तीव्र बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गरिने उल्लेख गरिएको । भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मूल शिविर (कमान्ड पोष्ट) राखिनुका साथै मूल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै दर्शनमार्गलाई लक्षित गरी थप सिसि क्यामेराको जडान गरी निगरानी गरिने कोषले जनाएको छ ।
यसैगरी आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्ड पोष्ट एवं सव कमान्ड पोष्टहरुको स्थापना गरी विशेष सुरक्षाको प्रत्याभूति दिइने पनि कोषले जनाएको छ ।
दर्शनमार्गमा व्यारिकेड जडान लगायतको कार्यमा नेपाली सेनाको विशेष सहयोग रहने छ भने मन्दिर प्राङ्गणभित्र भीड व्यवस्थित गर्न पनि नेपाली सेनाकै सहयोग लिइने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता