‘निफ’ को जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित
![‘निफ’ को जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित](https://npcdn.ratopati.com/media/news/Jeff-Monahan_5t5qUk3vR1.jpg)
काठमाडौँ । अगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ ले पूर्णता पाएको छ । पछिल्लो पटक फिचर फिल्म तर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएका छन् । मोनाहान खासगरी अभिनेता, लेखक र निर्माता हुन् । उनका कयौँ सृजनाहरू विश्वप्रसिद्ध छन् । यसरी जेफ मोनाहानको मनोनयनसँगै फिचर फिल्म तर्फको जुरी कमिटीले पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा चर्चित अभिनेत्री प्रियङ्का कार्की मनोनित भएका थिए ।
त्यसैगरी छोटा तथा वृत्तचित्र तर्फको जुरीमा प्रा.डा.इतामी बोर्जन मनोनित भएकी छन् । उनी प्रख्यात फिल्म विशेषज्ञ र शिक्षाविद् हुन् । क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले धेरै वर्षदेखि एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकी छन् । प्रा.डा.इतामी बोर्जनको मनोनयनसँगै छोटा तथा डकुमेन्ट्री फिल्म तर्फको जुरीले पनि पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’ की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन् ।
यसवर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछ । ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने ‘निफ’ मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष केपी पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता