के नेपालमै बाल क्यान्सरसम्बन्धी उपचार सम्भव छ ?
काठमाडौँ । अन्तर्राष्ट्रिय बाल क्यान्सरविरुद्धको दिवस नेपाल पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पाटन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘जीवन रक्षा तपाईँको हातमा’ भन्ने नारासहित जनचेनतामुलक कार्यक्रम गरी मनाएको छ ।
प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालमा उपचार गराएका कुनै पनि बिरामीलाई अन्य अस्पतालमा रिफरल नगर्ने उद्देश्यले स्थापना गरिएको प्याट्रायाटिक विभागमा बाल क्यान्सरको उपचार गर्न सुरु गरिएको तीन मात्रै पुगेको बताए ।
तीन वर्षको अवधिमा ५० जनाभन्दा धेरै बाल क्यान्सर रोगीको स्वास्थ्य उपचार गरिएको उनले बताए । पाटन अस्पतालमा बाल क्यान्सरको उपचार गराउन आएका अभिभावकको आर्थिक अवस्था कमजोर भएर फिर्ता नपठाएको निर्देशक डा. शाक्यको जिकिर छ ।
प्याट्रायाटिक विभागले विभिन्न सङ्घसंस्था सरकार, स्वयम पाटन अस्पतालको आर्थिक,प्रविधि दक्ष जनशक्तिको सहयोग ५० भन्दा धेरै बालबालिकालाई उपचार गर्न सम्भव भएको उनले बताए ।
यस्तै, कार्यक्रममा प्याट्रायाटिक विभागका प्रो.डा.गणेश साहले पाटन अस्पतालले अन्तर्राष्ट्रिय स्तरको बाल क्यान्सरसम्बन्धी सेवा दिँदै आएको बताए ।
नेपालमा बाल क्यान्सरको उपचार गर्ने अस्पताल कम भए पनि पाटन अस्पतालले गुणस्तरीय सेवा दिएको कार्यक्रम विभाग प्रमुख साहको जिकिर छ ।
यस्तै,कार्यक्रममा प्याट्रायाटिक विभागका डा सुचरिता तुलाधरले बालबालिका लाग्ने क्यान्सर समयमै पहिचान गरिएमा निको पार्न सकिने बताइन् । नेपालमा बाल क्यान्सरका बिरामी समयमै पहिचान कम हुने डा. तुलाधरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’